झापामा २९ ग्राम ४६० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका-४ का २२ वर्षीय नीरज खत्री रहेका छन् ।
प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ ८ बजे गौरादह- ५ मा मे ६ प ४७८० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा चालक खत्रीको साथबाट उक्त परिमाणमा ब्राउन सुगर बरामद गरेको थियो ।
उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।