July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

एनसेलले अब ९७० रेञ्जबाट नम्बर उपलब्ध गराउने

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:१३
एनसेलले अब ९७० रेञ्जबाट नम्बर उपलब्ध गराउने

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले अब ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ ।

एनसेलले बिहीबार एक सूचना जारी गर्दै ९८० रेञ्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको रेञ्जमा सिमकार्ड सकिएकोले अब ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेको जनाएको छ।

सूचनामा भनिएको छ, ‘यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्धारा मिति २०७९/१२/६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७०xxxxxxx देखि सुरू हुने नयाँ मोबाइल नम्बर सुचारू गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौं,’

एनसेलले दूरसञ्चारको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेञ्जका लागि स्वीकृति पाइसकेको  र सोही अनुरुप अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्न कम्पनीले जनाएको छ ।

यता, राष्ट्रिय नम्बर योजनाले जीएसएमअन्तर्गत एनसेललाई ९८०, ९८१ र ९८२ गरी तीन फरक रेञ्जमा नम्बर उपलब्ध गराएको दूरसञ्‍चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कुनै पनि रेञ्जमा एक करोड नम्बरहरु उपलब्ध हन्छन्।

हेर्नुहोस् एनसेलको सूचना : 

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्