चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार मृत्यु भएको छ।
मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका– ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए ।
त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु उनको भएको थियो । उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको थियो ।
थापा विहान १० बजे नै अस्पतालमा उपचारका लागि पुगेका थिए । तर लगातार दुई दिन सार्वजनिक बिदापछि अस्पताल खुलेकाले बहिरंग सेवाको टिकट काट्नेहरुको लामो लाइन थियो ।