sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा शिवको ‘उत्पत्ति’ बारे किन फेरिन् माताले आफ्नो बोली ?

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २७, २०८० १४:२९
झापामा शिवको ‘उत्पत्ति’ बारे किन फेरिन् माताले आफ्नो बोली ?

झापाको बिर्तामोड- १ मा शुक्रवार शिवको उत्पत्ति भएको बताउने मुना आचार्य ‘माता’ ले बोली फेरेकी छन् । उनले केही सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिदैं शिव उत्पत्ति बारे आफू अन्यौलमा भएको बताएकी छन् ।

शुक्रवार शिवको उत्पत्ति भएको बताउने उनले एकै दिनमा बोली फेरेकी हुन् । शुक्रबार बिहानदेखि शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरूको घुँईचो लागेको थियो । आज पनि हेर्न जानेहरूको सङ्ख्या उल्लेख्य रहेको छ ।

स्थानीय ‘माता भनेर परिचित’ आचार्यको घर नजिकै शिवको प्रतिमा उत्पत्ति भएको हल्लाले हेर्नेहरूको घुँईचो लागेको हो । उनले भनिन् , म वास्तविकता बारे अन्यौल छु, कसैले राखेको हो कि जस्तो पनि लाग्दैन । उनीहरू राती माई खोला समेत गएको बुझिएको छ ।

शिव उत्पत्ति भएको विषयमा थोरैले मात्र विश्वास गरेका छन् । अधिकांशले भगवानको उत्पत्ति हुनै नसक्ने प्रतिक्रिया दिइरहेका छन् । कतिपयले यसलाई माताले आफ्नो प्रचार गर्न फण्डा गरेको हुन सक्ने प्रतिक्रिया व्यक्त गरिरहेका छन् । शिवको उत्पत्ति भएको खबर सुनेपछि हिजैदेखि हेर्ने र पूजा गर्नेहरूको भीड लागेको छ । आज भने उक्त शिवको प्रतिमालाई छोपेर राखिएको छ ।

शिवरात्रिकै दिनमा उत्पत्ति भएको भन्दै धेरैले विश्वास गरेको प्रतिक्रिया दिए । आचार्यको घर नजिकै शुक्रवार बिहान ३ः३० बजे बिहान ठुलो आवाज आएको थियो । ठुलो आवाज आएको सुनेर आचार्यको परिवारसहित छिमेकीहरूले बाहिर हेर्दा शिवको प्रतिमा देखेका थिए । पहेँलो रङमा देखिएको उक्त प्रतिमाका सन्दर्भमा विभिन्न व्यक्तिहरूले आ–आफ्नै हिसाबले टीकाटिप्पणी गरिरहेका छन् ।

माता आचार्यले हिजो तीन दिनअघि नै शिवको मूर्ति प्रकट हुने आफूले थाहा पाएको बताएकी थिइन् । उनले शिवको मूर्ति प्रकट भएको समयमा घरका सबै ढोकाहरू खुलेको, ढुङ्गा गिरी झरेजस्तो आवाज आएको सुनाइन् । मैले हरेक वर्ष केही न केही प्राप्त गरिरहेको छु, उनले भनिन् । यो वर्ष भगवान् नै प्राप्त भयो । आफूलाई लोकको कल्याण गर्ने मौका मिलेको उनको प्रतिक्रिया थियो ।

कतिपयले माताले धर्मका नाममा भ्रम छरेको भन्दै तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज समेत उठिरहेको छ । उनी केही समय यता, बिरामीहरूलाई निको बनाउने भन्दै माताको रुपमा आफूलाई प्रस्तुत गर्दै आएकी छन् ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २७, २०८० १४:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid