sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एलिना- साउन्ड सिस्टम बिवाद : एलिनाको बचाउमा लोक तथा दोहोरी प्रतिष्ठान

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २८, २०८० 0८:१९
एलिना- साउन्ड सिस्टम बिवाद : एलिनाको बचाउमा लोक तथा दोहोरी प्रतिष्ठान

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने साउन्ड सिस्टम व्यवसायीहरूको विज्ञप्ति प्रति गम्भीर आपत्ति जनाएको छ । यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सिर्जना गर्न प्रतिष्ठानले आग्रह गरेको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी आजीवन सदस्य रहेको गायिका चौहानले गत फाल्गुण २० गते पर्वतमा सम्पन्न मगर महोत्सव – २०८० मा आफ्नो प्रस्तुति राख्ने क्रममा साउन्ड टेक्निसियनसँग विवाद भएको थियो । विवादको विषयलाई लिएर साउन्ड सिस्टम व्यवसायीहरूले जारी गरेको विज्ञप्ति र सो विज्ञप्तिमा उल्लिखित शब्दावलीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कलाकार र साउन्ड इन्जिनियर, टेक्निसियन बिचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्ने गरि यति संवेदनशील विषयमा एकपक्षीय रूपमा विज्ञप्ति जारी गरि गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने भन्ने जस्ता गैरजिम्मेवार र बहिस्कारको सोचबाट उद्धत अभिव्यक्ति प्रति हाम्रो घोर आपत्ति छ । यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सृजना गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौँ ।’

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २८, २०८० 0८:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid