यो साताको कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अङ्कले गिरावट आएको छ। यस दिन नेप्से परिसूचक १५.३७ अङ्कले घटेर २०४८.५७ विन्दुले घटेको हो। बुधवार ३.३४ अङ्कले घटेर २०६३.९५ विन्दुमा पुगेको थियो।
नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। यस दिन ४ अर्ब ३१ करोड ३० लाख बढीको कारोबार भएको छ। बुधवार ३ अर्ब ४९ करोड ६२ लाख रुपैंया बराबरको कारोबार भएको थियो।
यसदिन कारोबारमा आएको २ सय ४४ कम्पनीहरूमा ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने, १ सय ८७ कम्पनीको मूल्यमा गिरावट आएको छ। त्यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर छ।