२१ जनाको मृत्यु हुने गरी अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ।
अफगानिस्तानको तालिबान सरकारले बिहीबार शहरको बैंकमा उक्त आत्मघाती बम विष्फोट भएको जनाएको छ। आईएसले बम विष्फोटको जिम्मेवारी लिँदै तालिबानलाई लक्षित गरेर आक्रमण गरेको आईएसको समाचार एजेन्सी अमाकले जनाएको छ । अमाकका अनुसार आक्रमणकारीले करिब १५० तालिबानी सदस्यहरूबीच विस्फोटक पदार्थ विस्फोट गराएका थिए। यो अफगानिस्तानमा यस वर्ष भएको सबैभन्दा ठूलो विस्फोट हो। सरकारी कर्मचारी तलब लिन लाइनमा उभिरहेका बेला बैंकको शाखामा बम विष्फोट भएको हो।
तालिबान सरकारले मृत्यु हुनेको संख्या तीन जना मात्रै भएको बताएको छ।