सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी टिआरसी विधेयक अन्तिम चरणमा पुगेको कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन् । महाशिला गाउँपालिकामा आज आयोजित कार्यक्रममा मन्त्री गिरीले यस्तो बताएका हुन । उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत खुलाएका छन् ।
मन्त्री गिरीले भनेका छन् , “विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौँ ।”