November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नयाँ सत्ता समिकरण वामपन्थी गठबन्धन नभएको महासचिव पोखरेलको प्रष्टोक्ती

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १६:३१
नयाँ सत्ता समिकरण वामपन्थी गठबन्धन नभएको महासचिव पोखरेलको प्रष्टोक्ती

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सत्ता समीकरण कुनै पनि वामपन्थी गठबन्धन नभएको प्रष्टोक्ती दिएका छन् ।

उनले मंगलवार बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले सत्तामा भएको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गरेका छन् । अहिलेको सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको आधारमा भएको उनको प्रष्टोक्ति छ । उनले भनेका छन् , ‘अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य पनि होइन । यद्यपि त्यहाँ वामपन्थी दलको सहभागिता बढी छ । यो सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य हो । त्यसमा सहमत भएका दलहरूको सहकार्य हो । हामीले जे हो त्यही रूपमा बुझ्नुपर्छ । यो वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर जुन टिप्पणी छ, त्यसमा उद्देलित हुनुपर्ने वा प्रभावित हुनुपर्ने आवश्यकता छैन ।’

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्