बुटवल । पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ ।
रिब्दीकोट गाउँपालिका-१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो ।
उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ ।