May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केही समयमै कांग्रेस सरकारमा फर्किन्छ : महामन्त्री गगनकुमार थापा

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १७:0२
केही समयमै कांग्रेस सरकारमा फर्किन्छ : महामन्त्री गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले अहिले पार्टी सरकारबाट बाहिर रहेको भएपनि केही समयमै सरकारमा फर्किने दाबी गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँगको सहकार्य थालेपछि कांग्रेस सरकारबाट बाहिर गएको अवस्थामा थापाले यस्तो दाबी गरेका हुन् ।

आज (शुक्रबार) ‘समुदायमा कांग्रेस अभियान’अन्तर्गत कपिलवस्तुको लबानमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले सरकारले केही समयमा कांग्रेसलाई पच्छाइहाल्ने टिप्पणी गरे ।

कांग्रेस र माओवादीको सत्ता सहकार्य तोडिएपछि पछिल्ला दुई दिन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग घण्टौं लामो गोप्य भेटवार्ता गरेको सन्दर्भमा थापाले यस्तो सार्वजनिक अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट