नेपाली कांग्रेसले सहकारी ठगीमा आरोपी गृहमन्त्री रवि लामिछानेमाथि निश्पक्ष छानबिन गर्न संसदीय छानबिन गठनको माग गरेको छ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले रवि लाछिानेमाथि सहकारी ठगीका सन्दर्भमा निश्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।
उनले भने, ‘पात्रका कुरा होस् वा संस्थाका कुरा होस्, समग्र पीडितका कुरालाई केन्द्रमा राखेर एउटा संसदीय छानबिन समिति बनाएर अघि बढौं।’