July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कार्यकर्ता नछाडे प्रदेश १ मा हडताल गर्ने चेतावनी

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० ११:५0
कार्यकर्ता नछाडे प्रदेश १ मा हडताल गर्ने चेतावनी

विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ । आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता-कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै प्रहरी हिरासतमा छन् ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता तत्काल रिहाइको माग गरेको छ । यदि माग सम्बोधन नभए बुधबारबाट अनिश्चितकालीन आमहडताल गर्ने चेतावनी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार प्रहरी नियन्त्रणमा रहेका २६ जनालाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइसकेको छैन । पक्राउ परेकाहरुलाई के गर्ने भन्ने निर्णय आज हुने उनले बताए । ‘हिजो सार्वजनिक विदा थियो, मुद्दा चल्ने नचल्ने निर्णय आज हुन्छ,’ उनले भने, ‘मुद्दा चल्ने भयो भने म्याद थप गरेर अनुसन्धान गर्छौं ।’

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जारी गरेको विज्ञप्ति–

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्