sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा एक करोड पुगेको घोषणा

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १५:४५
नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा एक करोड पुगेको घोषणा

बिर्तामोड । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा १ करोड रुपैयाँ पुगेको घोषणा गरिएको छ। सो अवसरमा कोषमा सहयोग गर्ने दर्जनौं दाता सम्मानित भएका छन् ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सोमबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी महासंघ झापा शाखाले उपचारकोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ पुगेको घोषणा गरेको हो । सहारा नेपालले पाँच लाख रुपैयाँ सहयोग गरेर सुरु भएको कोषमा पत्रकार महासंघ झापा शाखाका सदस्यहरु, विभिन्न संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन्। उक्त अवसरमा कोषमा सहयोग गर्ने दातालाई कार्यालयले सम्मानपत्र प्रदान गरेको छ । दाताहरूलाई कार्यक्रमका प्रमुख अतिथी पूर्व राष्ट्रपति डा. यादव र नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले सम्मानपत्र प्रदान गरेका थिए।

कोषको रकमबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ। त्यस्तै महिला पत्रकारहरु सुत्केरी हुँदा समेत सहयोग गर्ने गरेको अध्यक्ष गिरीले बताए । कोषको ब्याजबाट प्राप्त आम्दानीले पत्रकारहरूलाई सहयोग गर्ने गरेको र थुप्रै पत्रकारहरुले कोषबाट लाभ प्राप्त गरिसकेको अध्यक्ष गिरीले जानकारी दिए।

सोही कार्यक्रममा पत्रकार महासङ्घ झापा शाखाको स्तर वृद्धि गरिएको भवनको डिजिटल उद्घाटन समेत गरिएको थियो।

कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार , कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरु हिक्मत कुमार कार्की र उद्धव थापा तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले शुभकामना मन्तव्य राखेका थिए। महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई सचिव डिकेश लामाले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन उपाध्यक्ष केशव भट्टराईले गरेका थिए।

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid