May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ ११:११
विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी। गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रीपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेका छन् ।

नियुक्तिदेखि नै विवादस्पद रहेको मुख्यमन्त्री खगराज अधिकारीको सरकारले प्रदेश सभाको बैठक बोलाएको विषय पनि विवादित बनेको छ । गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ । बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ । उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाइ गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ । तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाइ अघि नै विश्वासको मत लिने तयारीमा लागेपछि यसको विरोध समेत सुरु भएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।