May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

दोस्रोपटक आमा बन्दै गरिमा

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० ११:२८
दोस्रोपटक आमा बन्दै गरिमा

काठमाडौंँ । पछिल्लो समय अभिनयबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बन्ने भएकी छन् । २०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनले आफू फेरि आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं ।’ उनले बिहिबार इन्स्टाग्राममा पोष्ट गरेको छोरीसँगको एक तस्बिरमा उनको ‘बेबी बम्प’ देखिएको छ ।

अभिनयमा राम्रो क्रेज हुँदाहुँदै बेल्जियम हानिएकी उनले त्यही निवासी हरि थपलियासँग विवाह गरेकी हुन् । बेल्जियममा उनीहरुको ब्यवसाय रहेको बताइन्छ ।  गरिमाको अभिनय करिअरको उत्कृष्ट फिल्मको ‘झोला’ हो । यो फिल्मबाट उनले राष्ट्रिय अवार्डदेखि सार्क अवार्डसम्म जित्न सफल भएकी थिइन् । उनले ‘तीन घुम्ती’, ‘जीवन मृत्यु’, ‘प्रितीको फूल’, ‘सुन्दर मेरो नाम’ लगायत थुप्रै फिल्म र दर्जनै सानो पर्दाको सिरियलमा अभिनय गरेकी छन् ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।