sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ १0:४७
सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

काठमाडौं । सरकारले काभ्रेको पनौतीमा २ अर्ब लगानीमा सेक्युरिटि प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र) स्थापना गरे पनि राहदानीको छपाइको काम भने बाहिरबाट गर्दै आइरहेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको नाममा आएको एचपी इन्डिगो ६ के सेक्युर प्रेस स्थापना गरेको छ । सो प्रेसले राहदानी, अन्तःशुल्क स्टिकरलगायतको काम सजिलै गर्न सक्ने क्षमता राख्छ भनिएको छ । तर, सरकारले सो प्रेसको सदुपयोग गर्न सकेको छैन ।

करोडौं रुपैयाँ लगानीमा काभ्रेमा स्थापना भएको सो प्रेसबाट पासपोर्ट र अन्तःशुल्क स्टिकर छपाइको काम हुने भए पनि प्लास्टिकले छोपेर राखिएको छ । १ सय ७७ रोपनी जग्गामा पार्क बनाउने र त्यही उच्च गुणस्तरको सेक्युरिटी मेसिन सञ्चालन गर्ने तयारी ग¥यो । त्यही क्रममा गएको सरकारले दुई सेक्युरिटी मेसिन किनेको हो । तिनको परीक्षण गरेको पनि ३ वर्ष भएको छ । तर, सो मेसिनबाट कुनै पनि काम भएको छैन ।

२०७८ पुसमा दुई ‘हाई सेक्युरिटी डिजिटल प्रिन्टर प्रोडक्सन सिस्टम’ ल्याएर सो प्रेसबाट नमुना छपाइको काम पनि भएको थियो । मेसिनको अवस्था ठिक हुँदाहुँदै पनि प्राविधिक र सञ्चालन गर्ने कर्मचारीको अभाव देखाएर थन्क्याएर राखिएको छ । सरकारले सुरक्षण मुद्रण प्रेस ल्याएर पनि प्राविधिक अभावका कारण काम गर्न नसकेको भन्नु लाजमर्दो विषय बनेको छ ।

सरकारले विकास समिति ऐन २०१३ मा भएको वैधानिक व्यवस्थाअनुसार सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश जारी गरेको थियो । सुरक्षण मुद्रणसम्बन्धी नीति, योजना, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, राहदानी, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, बैंक नोट, स्मार्ट कार्ड, चेकबुक आदिको मुद्रणका लागि सुरक्षण प्रेसको स्थापना गरी सञ्चालन गर्ने काम त्यहाँ तोकिएको छ ।

गठन आदेशमा सुरक्षण मुद्रण केन्द्रले राहदानी, स्मार्ट कार्ड, टिकट, राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, बैंक नोट, चेक बुक, अन्तःशुल्क स्टिकरलगायत मुलुकभित्रै छाप्ने उद्देश्यसहित सेक्युरिटी प्रेस खरिद तथा स्थापना गर्ने उल्लेख छ । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid