May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २८, २०८१ १६:0५
अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ

काठमाडौं- गैरकानुनी बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भई हाल बुढानिलकण्ठ बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साबिक कर्थली गाविस घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ४२ वर्षीय ङिङबुटी शेर्पा र सिन्धुपाल्चो जुगल गाउँपालिका-१ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने १९ वर्षीय निमा शेर्पा रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। उनीहरूविरूद्ध सिन्धुपाल्चोकका अरुण तामाङसहित १० जनाले कार्यालयमा ठगीको निवेदन दिएका थिए। उनीहरूले अमेरिका र क्यानडा पठाइदिन्छु भनी राहदानी, फोटो र पासपोर्ट, बैंक स्टेटमेन्ड, कोभिड क्युआर कोड, एल्लो फिभर कार्ड लएर नगद साढे पाँच करोड ठगेको आरोप छ।

तिनै जनाले नगद लिएर दुबई हुँदै केन्यासम्म लगेर बन्धक बनाएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए। उनीहरूले हालसम्म १५ जना नेपालीलाई केन्यालगायत विभिन्न मुलुकमा लगेर बन्धक बनाएको खुलेको छ। ती पीडितबाट उनीहरूले साढे ७ करोड रुपैयाँ लिइसकेको खुलेको रेग्मीले बताए।

अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरूले पीडितलाई दुबई ट्रान्जिट गराएर केन्याको राजधानी नैरोबी लैजाने गर्थे। त्यहाँको अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगेपछि अफ्रिकी मुलुकका एजेन्टले पीडितलाई रिसिभ गर्थे। ट्याक्सीमा राखेर केन्याको जिम्मारमानस्थित भाडामा लिएको दुई वटा फ्ल्याटमा राखेर पीडितलाई ६ महिना बन्धक राखेको खुलेको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २८, २०८१ १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट