प्रतिनिधिसभा बैठकको बस्दै नबसी स्थगित भएकाे छ।
राजनीतिक दलबीच सहमति नजुटेपछि आइतबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएकाे हाे।
आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएकोमा आइतबारसम्मका लागि स्थगित गरिएकाे हाे।
प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ। निकासका लागि सत्तापक्ष, प्रतिपक्षी दलबीच आज बेग्लैबेग्लै छलफल भएको थियाे। सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए। तर दलहरूबीच सहमति नजुटेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।