July 11, 2025 | शुक्रबार, असार २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मध्यपूर्वमै दुईतले बस चलाउने पहिलो नेपाली महिला

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० १0:४३
मध्यपूर्वमै दुईतले बस चलाउने पहिलो नेपाली महिला

काठमाडौं । ओखलढुंगाको कुवापानीमा बुवा अमरबहादुर भण्डारी र आमा देउमाया भण्डारीको कोखबाट जन्मिएकी शान्तिकुमारी भण्डारी अहिले यूएईको दुबईमा डबल–डेकर (दुईतले) बस चलाउँछिन् ।

सन् २०१५ मा बहिनी ज्वाइँमार्फत भिजिट भिसामा दुबई पुगेर ब्युटिसियनका रूपमा काम गर्न थालेकी शान्तिले १ वर्षजति न्यूनतम तलबमा ब्युटिसियनका रूपमा काम गरिन् । उनी त्यहाँ जसरी पुगेकी थिइन् र जुन काम गर्दै थिइन्, त्यसबेला भिसा क्याटगोरीनुसार उनलाई ड्राइभिङ लाइसेन्स लिनु थियो । लाइसेन्स पाउन यातायात क्षेत्रमै काम गर्नुपर्ने थाहा पाएपछि उनले त्यहाँको एक यातायात कम्पनीमा स्कुल बस सुपरभाइजरको काम थालिन् र सन् २०१७ मा सानो सवारीको लाइसेन्स प्राप्त गरिन् । लाइसेन्स पाएपछि त्यस कम्पनीमा राजीनामा दिइन् । त्यसपछि सन् २०१८ लाग्नेबेलामा उनी अबुधावीकै उत्कृष्ट अल गजल यातायात कम्पनीमा पुगिन् ।

त्यहाँ पुगेपछि उनले काम मागिन्, तर कम्पनीले काम दिन मानेन । त्यसपछि उनले एकपटक मौका दिन आग्रह गरिन् । उनको आग्रहलाई कम्पनीले स्वीकार ग¥यो । त्यसपछि कडा मेहेनतका साथ करिब १९ दिनको कक्षा लिइन् र उनले पास पनि गरिन् । ‘त्यो परीक्षा पास गरेपछि ट्याक्सी चलाउन अर्को परमिट पनि आवश्यक पथ्र्याे,’ भण्डारीले राजधानीसँग भनिन्, ‘यो परमिट प्राप्त गरेको भोलिपल्टै मेरो हातमा गाडीको चाबी हात लाग्यो, त्यसपछि मैले गाडी चलाउन सुरु गरें, पहिला त निकै गाह्रो भयो तर पनि हर मानिनँ ।’

सडक थाहा नभए पनि उनले यात्रुहरू बोकेर हिँडिन् । कतिपय स्थानमा एक्जिट थाहा नभएर यात्रुहरू उनीसँग रिसाए पनि, तर उनी आफू नयाँ भएको भन्दै यात्रुहरूलाई सम्झाउँथिन् । धेरैपटक त एक्जिट मिस्टेक हुँदा आफ्नो गोजीबाट पैसा झिकेरसमेत यात्रुलाई दिएको उनले सुनाइन् ।

५ वर्षजति ट्याक्सी चलाएपछि उनको मनोबल बढ्दै गयो । त्यसपछि हेबी बस लाइसेन्स निकाल्ने रहर उनमा जाग्यो । उनी आवेदन दिन भनेर धेरै यातायात कम्पनीमा गइन् । तर, केका लागि भनेर प्रश्न गर्दा बसका लागि भन्दा रिसेप्सनमा बस्नेहरूले ‘आर यू स्योर’ भनेर प्रश्न गर्ने गरेको उनी सम्झिन्छिन् । धेरै संघर्षपछि उनी बसको फाइल खोल्न सफल भइन् । पछि अन्तर्वार्ता पनि दिइन् र पास पनि गरिन् । त्यहीबेला उनलाई माथिल्लो निकायमा पनि सरसल्लाह गर्नुपर्छ भनेर पर्खाउने काम भयो । लामो समयसम्म केही जवाफ नआएपछि उनी पुनः गइन् । उनलाई हालसम्म महिलालाई चालकका रूपमा राख्ने नगरेको भन्दै लिन अस्वीकार गरियो ।

‘त्यसपछि मलाई धेरै तनाव भयो, तर पनि हार मानिनँ, अरू कम्पनी खोज्न थालें र एक बिग बस कम्पनीमा पुगेर आफ्नो बायोडाटा गेटमै छाडेर फर्किएँ,’ भण्डारीले भनिन्, ‘भोलिपल्टै म्यासेज आयो, त्यसपछि बिग बस टुर्स मध्यपूर्वका क्षेत्रीय निर्देशक माइकल लीससँग भेट भयो र उनको सहयोगमा पहिलो महिला डबल डेकर बस चालकका रूपमा स्वीकृति प्राप्त भयो ।’

त्यसको केही समयमै उनले ट्याक्सी कम्पनीबाट राजीनामा दिइन् र मध्यपूर्वकै पहिलो डबल–डेकर (दुईतले) बस चलाउन थालिन् । भण्डारीले अहिले मध्यपूर्वकै पहिलो डबल–डेकर (दुईतले) बस चलाउने नेपाली महिलाको उपाधि पाएकी छन् ।

उनी अहिले चार महिनादेखि दुईतले बसमा यूएई घुम्न पुगेका पर्यटकहरूलाई पर्यटकीय स्थलमा पु¥याउने र ल्याउने गर्छिन् । पर्यटकहरू नेपाली महिला ड्राइभर भनेर हर्षित हुँदै सेल्फी खिच्न लाइन लाग्ने गरेको उनी बताउँछिन् । अहिले चारैतिर आफ्नो चर्चा परिचर्चा भएको देखेर उनी मक्ख छिन् । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट