April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

टी-२० बिश्वकप : पिएनजी माथी वेस्ट इन्डिजको सहज जित

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २१, २०८१ 0६:५७
टी-२० बिश्वकप : पिएनजी माथी वेस्ट इन्डिजको सहज जित

काठमाडौँ । सह-आयोजक वेस्ट इन्डिजले आइसिसी टि-२० विश्वकप २०२४ मा जित सहित आफ्नो यात्राको सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित दर्ता गरेको हो ।

पिएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४ चौका र २ छक्का सहित ४२ रनको अविजित इनिङ खेले । ओपनर ब्रान्डन किंगले २९ बलमा ७ चौका सहित ३४ रन जोडे ।

निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले १५/१५ रन जोडे ।

पिएनजीका लागि असद भालाले २ तथा अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १/१ विकेट लिए ।

त्यसअघि गयानामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । केही सुस्त सुरुवात गरेको पिएनजीले अन्तिम ओभरमा राम्रो ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो ।

पिएनजीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रन बनाए । किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे । असद भालाले २२ बलमा २१ रन बनाए । चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रनको योगदान गरे ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २/२ विकेट लिएका थिए । यस्तै अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले १-१ विकेट लिए ।

वेस्ट इन्डिज र पिएनजी रहेको समूह सि मा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा रहेका छन् ।

विश्वकप अन्तर्गत सोमबार नेपाली समय अनुसार बिहान ५:१५ बजे नामिबिया र ओमान भिड्ने छन् भने बेलुका ८:१५ बजे दक्षिण अफ्रिका र श्रीलंका भिड्ने छन् । एजेन्सी

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २१, २०८१ 0६:५७

प्रतिक्रिया

नेपाल अपडेट