जनकपुरधाम । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गए राति रायको हत्या गरेको सर्लाहीका प्रहरीले जनाएको छ ।
८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।