April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

बंगलादेशी राष्ट्रपतिले दिए पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न निर्देशन

  • साझा परिवेश
  • मङ्लबार, साउन २२, २०८१ ११:११
बंगलादेशी राष्ट्रपतिले दिए पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न निर्देशन

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तुरुन्त रिहा गर्न आदेश दिएका हुन्।

सोमबार राष्ट्रपतिले राखेको बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए ।

बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।यसअघि सोमबार अपराह्न सेना प्रमुखले सरकारी टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेर सेनाले कामचलाउ सरकार बनाउने बताएका थिए ।

७८ वर्षीया जियालाई सन् २०१८ मा भ्रष्टाचारको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।जिया सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । उनी सन् २००१ देखि २००६ सम्म पुनः प्रधानमन्त्री बनेकी थिइन् ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २२, २०८१ ११:११

प्रतिक्रिया

नेपाल अपडेट