May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १५, २०८१ 0७:३७
आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था

काठमाडौँमा आज गणतन्त्रवादी र राजावादीले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। चार दल सामेल रहेको समाजवादी मोर्चाले आज गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ भने यसैगरी राजतन्त्रको पक्षमा राजावादी दलहरुले प्रर्दशन गर्दैछन् । मोर्चाले काठमाडौँका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने भएको छ।
मोर्चामा रहेका माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्दै बताएको छ भने एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने तय गरिएको छ।
त्यस्तै विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट जुलुस निकाल्ने बताइएको छ। यसैगरी राजतन्त्रको पक्षमा राजावादी दलहरुसहितको अभियानले आज काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्ने भएको छ।

राजतन्त्रको पक्षमा अभियान चलाएका दुर्गा प्रसाईले घोषणा गरेपछि यस प्रदर्शनको नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले अपनत्व लिदै सहभागी हुन आव्हान गरेको छ।

साथै सुवेदी नेतृत्वको समितिले राजतन्त्र फर्काउने आन्दोलनको जनकमाण्डर दुर्गा प्रसाईलाई बनाएको छ। आजको प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल जस्ता राजावादी दलहरुले पनि सक्रिय सहभागिता जनाउने बताएका छन्।

प्रशासनले आज राजावादी र गणतन्त्रवादी दुवैको प्रदर्शन हुने भएपछि सम्भावित झडपलाई ध्यानमा राख्दै राजवादीहरुलाई रिङरोडमा प्रदर्शन गर्दै तिनकुनेमा सभा गर्न अनुमति दिएको छ।

दुवै पक्षको प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको बताएको छ। आजको प्रदर्शनलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिने बताइएको छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १५, २०८१ 0७:३७

प्रतिक्रिया

नेपाल अपडेट