sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई

  • साझा परिवेश
  • बिहिबार, चैत्र २१, २०८१ २२:00
वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई

उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ । वायु प्रदुषण उच्च विन्दुमा पुगेकाले फोक्सोसँगै मानिसको आँखामा पनि समस्या देखिन थालेको छ ।

ग्यासबाट निस्कने विषाक्त धुँवा, धुलोका कण, विषक्त रसायन तथा दुर्गन्धका कारण वायु प्रदुषण बढीरहेको छ । सास फेर्ने क्रममा वायुसँगै यस्ता विषाक्त तत्व पनि हाम्रो शरीरमा प्रवेश भइरहेको हुन्छ ।

हाम्रो आँखा प्रदुषित बायुको प्रत्यक्ष सम्पर्कमा रहन्छ । हामी विषाक्त बायु फोक्सोमा इनहेल नहोस् भनेर हामी मास्क त प्रयोग गर्छौं,तर आँखाका लागि भने खासै ध्यान दिदैनौ । यही नै हाम्रो हेलचेक्रयाइं हो ।

एलर्जीदेखि संक्रमणसम्म

हामी आँखा झिमझिम गरिरहन्छौं । त्यसक्रममा एक मिनेटमा करिब १६ पटक मात्र आँखा बन्द रहन्छ । बाँकी समय आँखा वायुको प्रत्यक्ष सम्पर्कमा रहन्छ । यही कारण प्रदुषित बायुले आँखामा सिधै असर पार्छ र विभिन्न समस्या निम्त्याउँछ ।

‘प्रदुषणका कारण हुने आँखाको समस्या हेर्दा सानो लाग्छ । तर यसले दैनिक जीवनमा भने प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ’, तिलगंगा आखा अस्पतालका जनरल अपथाल्मोलोजिस्ट डा. होम बहादुर गुरुङ भन्छन् ।

डा। गुरुङका अनुसार बायु प्रदुषणका कारण आँखामा संक्रमण हुने तथा आँखा सुख्खा हुने, पोल्ने, चिलाउने, विझाउने र रातो हुने गर्छ । त्यतिमात्र हैन, सडकबाट उडेको बालुवा तथा धुलोका कण मानिसकोे आँखामा टाँसिएमा त्यस्ता कण धोएर पनि पखालिदैनन् । त्यस्तो अवस्थामा अस्पताल पुग्नुको विकल्प रहँदैन ।

वायु प्रदुषणका कारण आँखामा समस्या भएमा आँखाको एलर्जीसमेत हुने गर्छ, जसलाई चिकित्सकीय भाषामा ‘एलर्जीक कञ्जक्टिभाइटिस’ भन्ने गरिन्छ । एलर्जीक कञ्जक्टिभाइटिस भएमा आँखा पोल्छ, चिलाउँछ, रातो हुन्छ र आखाको संक्रमणसमेत हुन्छ । आँखाको संक्रमण भएका मानिस स्कुल जान या काम गर्न सक्दैनन् ।

सामान्यतयाः हाम्रो आँखाको वीचमा आँशुको पत्र अर्थात ‘टियर फिल्म’ हुन्छ । जसले आँशु बग्न तथा आँखाको सफाई गर्न मद्दत गर्छ । हावा नै प्रदुषित भएको खण्डमा त्यसले आँखाभित्र रहेको आँशुको पत्रलाई समेत प्रभाव पार्छ । जसबाट आँखामा संक्रमण हुन्छ । आँखा सुख्खा हुन्छ, पोल्छ, चिलाउँछ, विझाउँछ र रातो हुन्छ । आँखा सुख्खा भएमा आँखा रातो हुन्छ, पोल्छ र बत्ती तथा उज्यालोमा हेर्ने नसक्ने हुन्छ ।

कन्ट्याक्ट लेन्समा पनि कष्ट

बजारमा विभिन्न कन्ट्याक्ट लेन्स पाइन्छ । आँखाको तेज बढाउन तथा आर्कषक देखीन अचेल युवक युवती कन्ट्याक्ट लेन्सको प्रयोग बढी मात्रामा गर्छन् । पछिल्लो समय काठमाडौ उपत्यकामा बढेको वायु प्रदुषणका कारण कन्ट्रयाक्ट लेन्स प्रयोगकर्तामासमेत समस्या देखिएको छ ।

हो, वायु प्रदुषणले कन्ट्याक्ट लेन्समासमेत असर पार्छ । यही कारण प्रदुषित वातावरणमा बस्नेहरुलाई कन्ट्याक्ट लेन्स प्रयोग गरेको एक, दुई घण्टाभित्रै आँखा पोल्ने तथा विझाउने गर्दछ ।

आँखाको बीच भागमा रहेको आशुको पत्रमार्फत आँखाले अक्सिजन प्राप्त गर्छ । तर कन्ट्याक्ट लेन्स लगाउनेको हकमा भने अक्सिजन बाहिरबाट लिनुपर्ने हुन्छ । ‘बाहिरको हावा नै प्रदुषित भएकाले आँखाले पर्याप्त मात्रामा अक्सिजन पाउन सक्दैन । जसका कारण आखा पोल्छ, चिलाउँछ, बिझाउँछ र कन्ट्याक्ट लेन्स सहन गर्ने क्षमता नै कम हुन्छ’, डा। गुरुङ अनलाइनखबरसित भन्छन् ।

कसरी बचाउने आँखा

वायु प्रदुषण कम गर्नु नै यसको दिर्घकालीन समाधान हो, जुन सानो प्रयासबाट सम्भव छैन । यसका लागि सरकार र सम्बन्धित निकायलाई घचघचाउँदै हाललाई हरेक व्यक्तिले केही सावधानी अपनाएमा आँखा जोगाउन सकिन्छ । बाहिर हिडदा सधैभरी चश्माको प्रयोग गर्ने गरौं । चस्माले धुलो छिर्न दिदैन र आँखाको सुरक्षा गर्दछ ।

बाहीर कतै गएर घर फर्किर्एपछि आँखालाई राम्ररी सफा गर्नुपर्छ । सामान्यतया हामी मुख धोएपछि मात्र आँखा सफा हुन्छ भन्ने सोच्छौ । खासमा जताततै उडीरहेको धुलो हाम्रो आखाको परेलीमा जमेर बस्छर त्यसबाटै संक्रमण हुन्छ । अतः सफा पानीले आँखाका साथै परेलीका डिलसमेत धुनुपर्छ ।
आँखामा जमेको कचरालाई सफा पानी तथा कृत्रिम आशुद्धारा सफा गर्न सकिन्छ ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र २१, २०८१ २२:00

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid