संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले आज बल्खुमा आयोजना गरेको सभामा हल्का तनाब सिर्जना भएको छ। सभा स्थलमा घुसपैठ गरी वातावरण बिथोल्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि, समाचार तयार पार्दासम्म उनीहरूको परिचय खुल्न सकेको छैन।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि होहल्ला गर्न खोज्नेहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
सभालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षाकर्मीहरूको उल्लेख्य संख्या तैनाथ गरिएको थियो। राप्रपाले पनि दर्जनौं स्वयंसेवक परिचालन गरेको थियो। घटनाले सभा केहीबेर असहज भए पनि कार्यक्रम यथावत् रुपमा सम्पन्न भएको जनाइएको छ