नेपाली क्रिकेटका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरीको
र्याङ्किङमा गिरावट आएको छ ।
आईसीसी पुरुष टी–२० अलराउन्डर र्याङ्किङमा धेरै समय देखि दोस्रो स्थानमा रहेका एरि, पछिल्लो अपडेटअनुसार अब भने तेस्रो स्थानमा झरेका छन्।
निरन्तर उत्कृष्ट प्रदर्शनका कारण शीर्ष स्थानमा उक्लिंदै गरेका ऐरीको पछिल्लो प्रदर्शन अपेक्षा अनुरूप नहुँदा वरियताक्रममा प्रभाव परेको छ ।
दीपेन्द्रको र्यान्किङ खस्किदा अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रो स्थानमा पुगेका छन् ।
नेपालका दीपेन्द्र सिंह एरि सङ्गै बेलायतका लियाम लिभिङस्टोन पनि तेस्रो स्थानमै रहेका छन
तेस्रोमा रहेका दुवैको समान २०९ रेटिङ अङ्क छ ।
भने दोस्रोमा रहेका मार्कसको एरिको भन्दा 1 अङ्क मात्र बढी छ ।
दोस्रो र तेस्रो स्थानमा हलचल भएको भएपनी पहिलो स्थानमा भने भारतका स्टार अलराउण्डर हार्दिक पन्ड्या नै रहेका छन् ।
टाइगर उपनामले परिचित लामो समयदेखी दोस्रो स्थानमा थिए ।
समर्थकहरुले पहिलो स्थानमा कहिले पुग्लान भनेर कुरिरहेका बेला एरिको स्थान खस्किएको छ ।