April 20, 2025 | आइतवार, बैशाख ८, २०८२
सुचनाहरु
ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ

ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन

  • साझा परिवेश
  • शनिबार, बैशाख ७, २०८२ २२:0७
ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन

नेकपा एमालेका सचिव योगेश भट्टराई गृह जिल्ला ताप्लेजुङ गएका बेला ‘नो केबलकार’ समूहले उनी विरुद्ध नाराबाजी गरेको छ। कञ्चनजङ्घा हिमालमा मानव पाइला परेको ‘हीरक महोत्सव’का अवसरमा सचिव भट्टराई ताप्लेजुङ पुगेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसँगै भट्टराई हेलिकप्टरमार्फत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका थिए। शुक्रवार कार्यक्रम सकेर मन्त्री पाण्डे फर्किसकेपछि भट्टराई कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को शौचालय गएका थिए।

भट्टराई शौचालय पुगेलगत्ते ८र१० जनाको संख्यामा रहेको पाथीभरा केबलकारको विरोध गरिरहेको ‘नो केबलकार समूह’ र ‘पहिचानवादी समूह’ले नाराबाजी गरेको हो। जसबाट उनी केही बेर शौचालयमा थुनिन पुगेका थिए।
यस बिषयमा भट्टराईले आफ्ना विरुद्धमा दुई चार जनाले नारा लगाए पनि आफूलाई कुनै दुःख नलागेको बताएका छन्।

त्यसबारे उनले भनेका छन्, ‘कार्यक्रम सकेर फर्कनेक्रममा २र४ जनाले मेरा विरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन् । मलाई कुनै दुःख छैन । सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ ।’

उनीमाथि नो केबलकार समूहले नाराबाजी गरेका थिए। उनले थपेका छन्, ‘जसले जति जानेको छ वा जे गर्न लगाइएको छ त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौँ । प्रायोजकहरूको हतियार नबनौँ । सामाजिक एकता र सद्भाव नबिगारौँ ।’

  • साझा परिवेश
  • शनिबार, बैशाख ७, २०८२ २२:0७

प्रतिक्रिया

नेपाल अपडेट