sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन

  • साझा परिवेश
  • शनिबार, बैशाख ७, २०८२ २२:0७
ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन

नेकपा एमालेका सचिव योगेश भट्टराई गृह जिल्ला ताप्लेजुङ गएका बेला ‘नो केबलकार’ समूहले उनी विरुद्ध नाराबाजी गरेको छ। कञ्चनजङ्घा हिमालमा मानव पाइला परेको ‘हीरक महोत्सव’का अवसरमा सचिव भट्टराई ताप्लेजुङ पुगेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसँगै भट्टराई हेलिकप्टरमार्फत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका थिए। शुक्रवार कार्यक्रम सकेर मन्त्री पाण्डे फर्किसकेपछि भट्टराई कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को शौचालय गएका थिए।

भट्टराई शौचालय पुगेलगत्ते ८र१० जनाको संख्यामा रहेको पाथीभरा केबलकारको विरोध गरिरहेको ‘नो केबलकार समूह’ र ‘पहिचानवादी समूह’ले नाराबाजी गरेको हो। जसबाट उनी केही बेर शौचालयमा थुनिन पुगेका थिए।
यस बिषयमा भट्टराईले आफ्ना विरुद्धमा दुई चार जनाले नारा लगाए पनि आफूलाई कुनै दुःख नलागेको बताएका छन्।

त्यसबारे उनले भनेका छन्, ‘कार्यक्रम सकेर फर्कनेक्रममा २र४ जनाले मेरा विरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन् । मलाई कुनै दुःख छैन । सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ ।’

उनीमाथि नो केबलकार समूहले नाराबाजी गरेका थिए। उनले थपेका छन्, ‘जसले जति जानेको छ वा जे गर्न लगाइएको छ त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौँ । प्रायोजकहरूको हतियार नबनौँ । सामाजिक एकता र सद्भाव नबिगारौँ ।’

  • साझा परिवेश
  • शनिबार, बैशाख ७, २०८२ २२:0७

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid