April 30, 2025 | बुधबार, बैशाख १८, २०८२
सुचनाहरु
३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल ७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा रहेनन् राउटे समुदायका मुखिया मिर्गौला पीडित चक्रबहादुर अस्पतालको छतबाट हामफाल्दा गयो ज्यान धरानबाट चोरेर लगेको बस भेटीयो बिराटनगरमा बेबारिसे अवस्थामा बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाले मौसम बदली हुने कश्मीर आक्रमणको बिरोध गर्दै काठमाडौमा प्रदर्शन  हतकडीसहित भागेकि महिला पक्राउ परिन भारतमा  टिकटक बनाउन भन्दै बोलाएर  खोलामा लगेर १४ बर्षीय बालकको हत्या शिक्षक आन्दोलनको बिरोधमा यातायात व्यवसायीहरू उत्रिदैछन् सडकमा  उपचार गराउन रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा पुगे आज र भोलि देश्का धेरै ठाउँमा चट्याङ र हावाहुरी सहितको पानी पर्ने  दिउसो चट्याङ लागेर २ जनाको मृत्यु गगन थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता  काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला? शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते शिक्षकलाई आग्रह गर्दै सुमना श्रेष्ठ भन्छिन्अ: ब त पार्टी सदस्यता त्याग्नूस्  आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ  नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक, को हुन् ?

धरानबाट चोरेर लगेको बस भेटीयो बिराटनगरमा बेबारिसे अवस्थामा

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ १९:१७
धरानबाट चोरेर लगेको बस भेटीयो बिराटनगरमा बेबारिसे अवस्थामा

सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित ग्यारेजमा पार्क गरिएको सिद्धदेवी यातायातको बस वैशाख १२ गते शुक्रबार रातीदेखी हराएको थियो । सो बस मंगलबार विराटनगरमा पाटपुर्जा निकालेर बेच्न ठिक पारेको अवस्थामा फेला पर्यो । बस फेला पर्दा चारवटै चक्का, इन्जिनलगायतका पार्टपुर्जा निकालिएको अवस्थामा भेटिएको हो। बसको भित्रका सामान चोरी गरी बिक्री गरिएको खुल्न आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा ती सामान विराटनगर–६ मा गीतादेवी साहले सञ्चालन गरेको मन्टु आइरन स्टोर कवाडी पसलमा फेला परेको बताइएको छ ।
सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ । धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सानेसम्म पुगेको सीसीक्यामेरामा देखिएको प्रहरीले जनाएको छ ।

बस कसले चोरेर विराटनगर ल्याएको थियो भन्ने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बेबारिसे अवस्थामा बस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बसका चोरी भएका सामान खरिद गरी बिक्री गर्ने समूह फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। कवाडी पसल सञ्चालक गीतादेवी साहमाथि पनि अनुसन्धान सुरु गरिएको छ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ १९:१७

प्रतिक्रिया