April 30, 2025 | बुधबार, बैशाख १८, २०८२
सुचनाहरु
३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल ७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा रहेनन् राउटे समुदायका मुखिया मिर्गौला पीडित चक्रबहादुर अस्पतालको छतबाट हामफाल्दा गयो ज्यान धरानबाट चोरेर लगेको बस भेटीयो बिराटनगरमा बेबारिसे अवस्थामा बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाले मौसम बदली हुने कश्मीर आक्रमणको बिरोध गर्दै काठमाडौमा प्रदर्शन  हतकडीसहित भागेकि महिला पक्राउ परिन भारतमा  टिकटक बनाउन भन्दै बोलाएर  खोलामा लगेर १४ बर्षीय बालकको हत्या शिक्षक आन्दोलनको बिरोधमा यातायात व्यवसायीहरू उत्रिदैछन् सडकमा  उपचार गराउन रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा पुगे आज र भोलि देश्का धेरै ठाउँमा चट्याङ र हावाहुरी सहितको पानी पर्ने  दिउसो चट्याङ लागेर २ जनाको मृत्यु गगन थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता  काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला? शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते शिक्षकलाई आग्रह गर्दै सुमना श्रेष्ठ भन्छिन्अ: ब त पार्टी सदस्यता त्याग्नूस्  आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ  नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक, को हुन् ?

काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ २१:४९
काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावर औचित्यहीन रहेको स्पष्ट पार्दै संरचना भत्काउनुपर्ने पक्षमा आफू रहेको बताएकी छन् ।

मेयर बालेन्द्र शाहले टावर भत्काउने तयारी गर्दै गर्दा उपमेयर डंगोलले पनि टावरको उद्देश्य र प्रयोग बाझिएको भन्दै यसले जनता झुक्याएको टिप्पणी गरिन । पत्रकारहरूसँगको कुराकानीमा उनले भनिन्, “जनताका नाममा लिइएको हो भने त्यही प्रयोजनमा प्रयोग हुनुपर्छ, ढाँट्न मिल्दैन।”

डंगोलले महानगरले व्यापारिक उद्देश्यका लागि सटर बनाएर व्यवसाय गर्नु आवश्यक नभएको बताउँदै सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन् । उनले ठमेलको छायाँ सेन्टर र होटल हिल्टनजस्ता संरचनाहरूको पनि गम्भीर अध्ययन गरेर निर्णय लिनुपर्नेमा जोड दिइन् ।

“पोखरीमा संरचना बनाउनु ठीक होइन, त्यो भत्काएर पुरानै स्वरूपमा फर्काउनु पर्छ,” उपमेयर डंगोलले भनिन् । उनका अनुसार सम्पदा जोगाउन सके, त्यो दीर्घकालीन अमूल्य सम्पत्ति हुने र त्यसले समाजलाई नै जीवन्त बनाउनेछ ।

 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ २१:४९

प्रतिक्रिया

नेपाल अपडेट