May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश

  • साझा परिवेश
  • आइतवार, कार्तिक ६, २०७९ 0८:२४
तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश

शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका छन् । तिहार आउन लाग्दा पनि ज्येष्ठ नागरिकले भत्ताको रकम पाउन सकेका छैनन् ।

“भत्ताको रकम नपाउँदा छिमेकीबाट सापटी लिएर दसैँ मनायौँ”, ज्येष्ठ नागरिक आशाराम चौधरीले भन्नुभयो, “तिहारमा भत्ताको रकम पाउने आशामा थियौँ, नगरपालिकाले बाँड्ने सुरसार गरेको छैन, तिहार पनि दसैँजस्तौ खल्लो हुने भयो ।”

अर्का ज्येष्ठ नागरिक नारुदेवी लुहारले भन्नुभयो, “वडा कार्यालयमा बैंकका कर्मचारीले भत्ताको रकम कहिले लिएर आउँछन् भन्ने आशमै बाटो कुरेर बसेका थियौँ ।” चाडपर्वमा नयाँ लुगा खरिद गरी लगाउने, मीठो मसिनो खाने, चेलीबेटीलाई दक्षिणा दिनेजस्ता योजना बनाएको भए पनि भत्ता नपाउँदा तिहार पनि दसैँ जस्तै खल्लो हुने देखिएको उहाँको भनाइ छ ।

ज्येष्ठ नागरिकसँगै सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम नगरपालिकाका विधवा, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकाले पनि पाउन सकेका छैनन् । नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारी राजेन्द्रबहादुर सिंहले अधिकांश ज्येष्ठ नागरिकलगायतका लाभग्राहीले सामाजिक सुरक्षा कार्यविधि २०७७ अनुसार परिचयपत्र नवीकरण गर्नुपर्ने भए पनि नगर्दा भत्ताको रकम वितरणमा विलम्ब भएको बताउनुभयो ।

“भत्ताको रकम पाउनेमध्ये ६० प्रतिशले मात्रै नवीकरण गरेका छन्”, उहाँले भन्नुभयो, “नवीकरण नगरेका ४० प्रतिशत बढी छुट्ने भएकाले वडा कार्यालयलाई भत्ताको रकम बुझ्ने सबैको नवीकरण गर्नका लागि भनेका छौँ, नवीकरणको कार्य सकिएपछि तुरुन्तै भत्ताको रकम वितरणको कार्य हुन्छ ।”

उहाँका अनुसार नगरपालिकामा ज्येष्ठ नागरिक तीन हजार एक सय १२८, ज्येष्ठ नागरिक दलित चार सय २२, ज्येष्ठ नागरिक एकल महिला छ सय दुई, विधवा (आर्थिक सहायता) एक हजार ५७, अपाङ्गता भएका क वर्गका एक सय ३९, ख वर्गका दुई सय ४४ र दलित बालबालिका आठ सय ५० ले सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम पाउने गरेका छन् ।

त्रैमासिकरुपमा भत्ताको रकम वितरण गर्ने व्यवस्था रहेको छ । नगरपालिकाबाट सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत प्रत्येक त्रैमासिकमा रु पाँच करोड ८२ लाख ९३ हजार १६ रकम भत्ताका रुपमा वितरण हुने गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक ६, २०७९ 0८:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट