sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रामकुमारीले भोट होईन गुल्मेली जनताका सामु माफी माग्नु पर्छ: युवा नेता अर्याल

  • साझा परिवेश
  • बुधबार, कार्तिक २३, २०७९ 0८:४८
रामकुमारीले भोट होईन गुल्मेली जनताका सामु माफी माग्नु पर्छ: युवा नेता अर्याल

 

गुल्मी । आज गठबन्धनका उम्मेदवार रामकुमारी झाक्रीको माइती गाउँ मदाने गाउपालिकामा आयोजित एमालेको कार्यकर्ता भेलामा प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता राजेन्द्र अर्यालले गुल्मी क्षेत्र नम्बर–२ की उम्मेदवार एकीकृत समाजवादीकी नेतृ झाँक्रीले गुल्मेली जनताकाबिच माफी माग्नुपर्ने बताएका छन्।

गठबन्धन सरकारले जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि हुदा मुकदर्शक मात्र होईन चुनावलाई लक्षित गर्दै ब्यापारीलाई साथ दिदै मूल्यवृद्धि गर्न उद्द्त रहेको अर्यालले दावी गरे । उनले गठबन्धन जनाताबिरोधी र राष्ट्रियता बिरोधि कार्यमा उद्द्त रहेकोले गठबन्धनका उम्मेदवारलाई मत नदिन आग्रह गरे।

झाक्रीको माईती गाउँ मदाने गाउँपालिका सिर्सेनीमा आयोजित एमालेको चुनावी कार्यक्रममा युवा नेता अर्यालले एमालेको मतबाट साम्सद बन्ने अनि एमालेको सरकार ढलाएर प्रतिक्रियाबादीको पाउमा चढाउने कार्य गरेको, एमसिसी पास गरेर राष्ट्रघाती काम गरेको, नागरिकता विधेयकमा ल्याप्चे लगाएर जनघाती काम गरेकोले मत माग्ने नैतिकता नभएको बताए ।

त्यस्तै गुल्मेली एमाले कार्यकर्तालाई आधारशिला बनाएर पाँच बर्ष साम्सद बनेकी झाक्रीले यो बीचमा गुल्मी-२ मा बिकासको सिन्को सम्म नभाचेको, कोरोना देखि बाढीपहिरोबाट गुल्मेली जनता पीडित हुँदा कुनै वास्ता पास्ता र सरोकार नगर्ने तर अहिले भोट माग्न आउने हास्यास्पद भएको भन्दै अर्यालले गुल्मीका जनताको सुखदु:खमा साथ दिन नपाएको, साम्सद भएर पनि बिकासमा ध्यान नदिएको र पार्टीको मत लिएर पार्टी बिभाजन गर्ने अपराधपुर्ण कार्य गरेकोमा माफी माग्नु पर्ने बताए।

गुल्मी जिल्लाका बिभिन्न स्थानमा मतदाता घरदैलो कार्यक्रममा अर्यालले नेपालीका मुख्य महान चाडपर्व मनाउन आएकी झाँक्रीलाई गुल्मेलीले अब पाहुर (कोसेली) दिएर पठाउनु पर्ने बताए।

उनलाई मत दिनुपर्ने कुनै पनि आधार नभएकाले चेलीलाई सोलीमा पाहुर राखेर पठाउनु आग्रह गरे । पाँच वर्षसम्म सांसद हुँदा जिल्ला वासीका लागि कुनैपनि सिन्को नभाँच्नेले अब निर्वाचित भएर काम गर्नु भन्नु मतदाता छक्काउनु मात्रै भएको बताए।

ठूला विपत्ति महामारीमा आफ्नो जिल्लावासीका लागि कुनैपनि सहानुभूति नदेखाएकी झाँक्रीले काम गर्न पाइन भन्नु झुटको खेती मात्रै भएको अर्यालले बताए । चुनावी अभियानमा आफुले निर्वाचन जित्ने कुनैपनि वातावरण नदेखेपछि गठबन्धनका उम्मेदवार र नेताहरु बिभिन्न भ्रम फैलाउने षड्यन्त्रमा लागेको उनले बताए ।

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक २३, २०७९ 0८:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid