April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

भद्रपुरमा फेला परेको दुई वटा शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

  • साझा परिवेश
  • शनिबार, मंसिर ३, २०७९ 0९:४२
भद्रपुरमा फेला परेको दुई वटा शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

भद्रपुरमा फेला परेको दुई वटा शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

झापाको सदरमुकाम भद्रपुर- ७ स्थित वीरेन्द्र मावि मतदान स्थल अगाडि राखिएको बमजस्तो देखिने दुई वटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । नोट भोट खतरा सङ्केत उल्लेख गरिएको दुई वटा शङ्कास्पद वस्तुलाई सेनानी आकृती घिमिरेको कमान्डमा आएको टोलीले शनिवार बिहान पौने सात बजे डिस्पोज गरेको हो । उक्त शङ्कास्पद वस्तुभित्र रेड बुलको बट्टाभित्र बालुवा र बिजुलीको तार मात्र राखेर तर्साउन खोजिएको डिस्पोजल टोलीले जानकारी दिए ।
निर्वाचनलाई प्रभावित पार्न उद्देश्यले अज्ञात समूहले वीरेन्द्र मावि मतदान स्थलको पश्चिम पट्टिको गेटमा शुक्रबार राती ९ बजेर ४० मिनेटमा कार्टुनले प्याक गरिएको वस्तु फेला परेको थियो । त्यसको केही समयपश्चात् उत्तरतर्फको सानो गेटमा फेरि अर्को शङ्कास्पद बस्तु झोला फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राती फेला परेकोले शङ्कास्पद वस्तुलाई बिहान मात्रै सेनाले डिस्पोज गर्‍यो ।  एउटै मतदान स्थलमा दुई वटा शङ्कास्पद वस्तु फेला परेसँगै त्यहाँका स्थानीयमा त्रास फैलिएको थियो

  • साझा परिवेश
  • शनिबार, मंसिर ३, २०७९ 0९:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट