May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

भारतमा चट्याङ र मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १२:३१
भारतमा चट्याङ र मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

गुजरात । चट्याङ र मुसलधारे वर्षाका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । पश्चिमी गुजरातमा कयौँ घरमा क्षति पुगेको छ भने पशु चौपायाहरू पनि मारिएका छन् ।

मौसमविद्हरूले जाडो महिनामा गुजरातमा आँधीबेहरी अस्वाभाविक भएको बताएका छन् । मुसलधारे वर्षाले सबैलाई चकित बनाएको उनीहरूको भनाई छ ।

आकस्मिक बाढी र चट्याङबाट भारतमा हरेक वर्ष हजारौँको मृत्यु हुने गरेको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनले यस्ता मौसमी घटनामा वृद्धि भएको बताएका छन् । मृत्यु भएका २४ मध्ये १८ जनाको चट्याङ लागेर मृत्यु भएको आइतबार राति जारी विज्ञप्तिमा भनिएको छ ।

गुजरात राज्यमा आइतबार र सोमबार मुसलधारे वर्षा हुनुका साथै असिनासमेत परेको थियो । केही क्षेत्रमा २४ घण्टाको अन्तरालमा १४४ मिलिमिटरसम्म वर्ष भएको थियो ।

भारतमा अप्रिल २०२० देखि मार्च २०२१ को बिचमा १।८ करोड पटक चट्याङ परेको एक अध्ययनले देखाएको थियो । सरकारी तथ्याङ्क अनुसार सन् १९६७ देखि २०१९ को बिचमा भारतमा चट्याङ लागेर १ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।