मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा अन्तर्गत पछिल्लो अपडेटमा नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एमालेका अग्नी खरेलबीचको मत अन्तर ८ हजार नाघेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको अहिलेसम्म ४३ हजार ८४२ मत गणना हुँदा शर्माले २१ हजार ७२८ तथा खरेलले १३ हजार ३९५ मत प्राप्त गरेका छन् । शर्माको मत खरेलले प्राप्त गरेको मतभन्दा ८ हजार ३३३ बढी रहेको छ ।
त्यस्तै ओमनाथ भण्डारीले ४ हजार ४१२ मत प्राप्त गरेका छन् । मत गणना जारी छ । अब गणना हुन बाँकी मत ३७ हजार ४८९ रहेको छ ।