June 17, 2025 | मङ्लबार, असार ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विश्वकप : अर्जेन्टिना समूह विजेता, हारे पनि पोल्याण्ड नकआउट चरणमा

  • साझा परिवेश
  • बिहिबार, मंसिर १५, २०७९ 0८:४५
विश्वकप : अर्जेन्टिना समूह विजेता, हारे पनि पोल्याण्ड नकआउट चरणमा

काठमाडौं । पोल्याण्डमाथि प्रभावशाली जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो ।

पराजयका बाबजुद पोल्याण्ड पनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । समूह सी मा समान ४ अंक भए पनि पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पारेको हो ।

अघिल्लो खेलमा मेक्सिकोलाई हराउन अर्जेन्टिनी टिम लियोनल मेस्सीबाट प्रेरित थियो । उनैले अर्जेन्टिनी टिमलाई ट्रयाकमा ल्याएका थिए । उनले पुनः महत्वपूर्ण भूमिका निभाए र अन्तिम १६ मा अस्ट्रेलियासँगको भेट निश्चित गरे ।

२-० को अग्रता बनाएको मेक्सिकोले साउदी अरेबियासँग अन्तिम मिनेटमा गोल खानुअघि यो समूहबाट नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो फिफा फेयर प्लेको आधारमा हुने तय थियो । त्यसो हुँदा पनि समूहका तीन खेलमा कम पहेँलो कार्ड पाएको पोल्याण्ड नै छनोट हुँदै थियो ।

दोस्रो हाफमा ब्राइटनका एलेक्सिस म्याक अलिस्टर र म्यानचेस्टर सिटीका जुलियर अल्भारेजले गरेको गोलले अर्जेन्टिनालाई सहज विजेता बनाएको हो । तर पनि यो खेल नाटकीय थियो । पोल्याण्डलाई थाहा थियो थप गोल खाँदा र मेक्सिकोले अर्को खेलमा अग्रता बढाउँदा आफू बाहिरिनुपर्नेछ ।

अर्जेन्टिना खेलमा पूरा समय हाबी थियो । तर, गोलका लागि दोस्रो हाफसम्मको प्रतीक्षा गर्नुपरेको थियो । पोल्याण्ड गोलरक्षक ओजिच जेस्नीले मेस्सीलाई ट्याकल गरेको भन्दै भिडियो रिभ्यूको सहारामा रेफ्रीले पेनाल्टी दिए पनि मेस्सीको प्रहार जेस्नीले रोकिदिए ।

म्याक एलिस्टरले दोस्रो हाफ सुरु भएको अर्को मिनेटमा नाहुएल मोलिनाको क्रासमा गोल गरेका हुन् । अल्भारेजले ६७औं मिनेटमा गोल गरेका हुन् । onlinekhabar.com

  • साझा परिवेश
  • बिहिबार, मंसिर १५, २०७९ 0८:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट