May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

धरान कुटपिट प्रकरण: मुख्य आरोपी पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १६, २०७९ 0८:१७
धरान कुटपिट प्रकरण: मुख्य आरोपी पक्राउ

धरानमा कात्तिक ३ गते महिलाहरूको समूहले कुटपिट गरेर घाइते भएकी एक महिलाको महिना दिनपछि मृत्यु भएको घटनाको मुख्य आरोपी पक्राउ परेकी छन्।

धरान उप-महानगरपालिका १३ की उषा राईको उपचारको क्रममा मङ्गलवार मृत्यु भएपछि घटनामा संलग्न भनिएका महिलाहरू फरार भएका बताइएको थियो । ती मध्ये मुख्य आरोपी उर्मिला राईलाई पक्राउ गरिएको धरान प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताए ।

ढकालले भने ‘उहाँ फरार हैन, अस्पतालमा उषा राईको निधन भएपछि हामीले निगरानीमा राखेका थियौँ । जाहेरी लगायत कानुनी प्रकियाको लागि एक दिन समय पर्खेका हौं ।’ अहिले उहाँ प्रहरी नियन्त्रणमा हुनुहुन्छ ।

मुख्य आरोपि पक्राउ परेपछि घटनामा संलग्न अन्य व्यक्तिहरू पनि क्रमश पक्राउ पर्ने ढकालले बताए ।

आफ्ना श्रीमान् गोविन राईसँग नजिकिएको आरोपमा केही महिलाहरू सहित पुगेका उर्मिला राईले जथाभाबी कुटपिट गरेपछि उषा गम्भीर घाइते भएकी थिइन् । कुटपिट भएको भोलिपल्ट उनले छाती दुख्यो भन्दै रोई कराइ गरेपछि उपचारको लागि अस्पताल लगिएको थियो ।

मृतक महिलामाथि कुटपिट हुँदा छुट्टाउन गरेका प्रहरीमाथि ती महिलाहरू जाइलागेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा केही महिलाहरूलाई नियन्त्रणमा लिएको थियो ।

अस्पतालमा उपचार गराउँदा केही निको भएपछि कुटपिटमा संलग्न समूह र घाइते महिलाबिच मिलापत्र भएको बताउँछन् धरान उपमहानगर-१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले । काफ्लेले भने, ‘आमा समूहले उपचारमा लागेको सम्पूर्ण रकम बेहोर्ने र क्षतिपूर्तिबापत रु ३० हजार रुपैयाँ दिने सहमतिमा इलाका प्रहरी कार्यालय धरानमा मिलापत्र हो ।’

स्वास्थ्य अवस्था बिग्रिएपछि राईलाई मङ्सिर ७ गते पुनः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १६, २०७९ 0८:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट