वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको भद्रपुर नगरपालिका- १ का विजय थापा मगर शव नेपाल आइपुगेको छ । थापा मगरको ११ दिनअघि हृदयाघातका कारण मृत्यु भएको थियो ।
उनको शव आज शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको भद्रपुर २ का वडा सदस्य द्रोणविक्रम कोइरालाले जानकारी दिए । उनको शव ल्याउन मलेसियास्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय , श्रम तथा रोजगार मन्त्रालय ,भद्रपुर १ नम्बर वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले सहजीकरण गरेका थिए ।
काठमाडौँबाट उनको शव झापा ल्याइरहेको वडा सदस्य कोइरालाले जानकारी दिए । थापा मगर दुई महिना मात्र खाडी मुलुक मलेसिया गएका थिए ।