November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

एमालेले आज समानुपातिक सांसद्काे टुङ्गाे लगाउने

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ 0९:0३
एमालेले आज समानुपातिक सांसद्काे टुङ्गाे लगाउने

काठमाडौँ – नेकपा एमालेले शनिबार समानुपातिक सांसद्काे टुङ्गाे लगाउने भएकाे छ।

आज बिहान ११ बजे पार्टीकाे केन्द्रीय कार्यालयमा बस्ने बैठकले मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत समानुपातिक तर्फका सांसद चयन गर्ने तयारी रहेकाे नेता विष्णु रिजालले जानकारी दिए।

बैठक हिजाे शुक्रबारका लागि बाेलाइएकाे थियाे। तर,तयारी नपुगेको भन्दै स्थगित गरी शनिबारका लागि सारिएकाे थियो।

एमालेले प्रतिनिधि सभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ।

त्यस्तै, प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ७ सिट पाएको छ।

कुल सदर मतमध्ये एमालेले ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरेको छ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ 0९:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्