May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ?

न्यायालयबाट बाहिरिए चोलेन्द्र

  • साझा परिवेश
  • बुधबार, मंसिर २८, २०७९ 0८:0८
न्यायालयबाट बाहिरिए चोलेन्द्र

छिल्ला केही प्रधानन्यायाधीशको अवकाश अस्वाभाविक भए जस्तै चोलेन्द्रशमशेर राणा पनि अस्वाभाविक रुपमै बिदा हुन बाध्य भएका छन् । त्यसमाथि उनी महाअभियोग प्रस्ताव नटुंगिदै । महाअभियोग प्रस्ताव नटुंगिएकाले उनी निलम्बित अवस्थामै सर्वोच्च अदालतबाट उमेर हदका कारण बिदा भएका हुन् । योपटक पनि प्रधानन्यायाधीशको स्वाभाविक अवकाश हुन पाएन । बेदाग भएर बिदा हुने चोलेन्द्रको पटक पटकको प्रयास असफल भयो ।

आउने संसदले त्यो महाभियोग प्रस्तावलाई ग्रहण गर्छ कि गर्दैन भन्ने प्रश्न एकातिर छ भने ग्रहण गरेपछि के निर्णय हुन्छ भन्ने हेर्न बाँकी छ । यदि प्रस्ताव पारित भयो भने उनले कुनै सेवा सुविधा पाउने छैनन् । तर, यो प्रस्ताव अहिलेकै अवस्थामा रह्यो भने सेवा सुविधा के हुन्छ भन्ने यकिन छैन । कतिपयले अब उनीमाथि भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने बाटो खुलेको पनि बताएका छन् । त्यसैले पनि चोलेन्द्र एक दिन भए पनि सर्वोच्च फर्किन चाहन्थे भन्नेहरू पनि छन् । जसका लागि उनले संसद् सचिवालयका महासचिवले दिएको पत्रलाई आधार बनाएर सर्वोच्च फर्किने प्रयास गरेका थिए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २८, २०७९ 0८:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट