April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

मलेसियामा हत्या गरिएका दुई नेपाली गार्डको पहिचान खुल्यो, हत्या आरोपमा नेपाली नै पक्राउ

  • साझा परिवेश
  • बिहिबार, मंसिर २९, २०७९ 0८:५६
मलेसियामा हत्या गरिएका दुई नेपाली गार्डको पहिचान खुल्यो, हत्या आरोपमा नेपाली नै पक्राउ

क्वालालाम्पुर। मलेसियाको सेरेम्बन शहरमा हथौडाले मुखै मुखमा हानेर दुई नेपाली सुरक्षा गार्डको हत्या अर्का एक नेपालीले नै गरेको भन्दै मृतक र अभियुक्तको पहिचान खुलाइएको छ। र,ती अभियुक्त नेपालीलाई अदालतसमक्ष मलेसियन प्रहरीले पेश गरेको छ।

समाचारअनुसार, हत्या गरिएका दुई सुरक्षा गार्डहरुमा ३५ बर्षीय मनोजकुमार चौधरी र ४६ बर्षीय कृष्णकुमार दमाई परियार छन्। उनीहरुलाई ओकल्याण्ड कमर्सियल सेन्टरको हाताभित्र स्थानीय प्रहरीले मृत अवस्थामै फेला पारेको थिए।

प्रहरीले यी दुबैको हत्याको आरोपमा ३७ बर्षीय ठाकुरप्रसाद भण्डारीलाई पक्राउ गरेको छ। उनलाई घटना भएकै दिन घटनास्थलमै पक्राउ गरिएको थियो। प्रहरीले सार्वजानिक गरेको विवरणअनुसार हत्यामा प्रयोग भएको हथौडा पनि घटनास्थलमै बरामद गरिएको थियो।

अभियुक्त भण्डारीलाई बुधबार अपरान्ह सेरेम्बन मेजिस्टट कोर्टमा पेश गरिएको थियो र मेजिष्टेट मोहमद इब्राहिम हेहम्मद घुलामको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको छ।

अभियुक्त भण्डारीले के कारणले आफ्नै देशका दुई व्यक्तिको हत्या गरेका हुन् भन्ने कुरा खुलिसकेको छैन। तर, अदालतसमक्ष उनीमाथि हत्याको आरोप लगाउँदा उनले कुनै प्रतिवाद नगरेको र स्वीकार गरेको स्थानीय संचारमाध्यम द स्टारले लेखेको छ।

घटना डिसेम्बर ३ तारिकको दिन विहान ९ बजेर ८ मिनेटदेखि ४ बजेर ४८ मिनेटको बीचमा भएको सो अखवारको समाचारमा जनाइएको छ। मृतकहरु दुबैजनाको नेपालको स्थायी ठेगानामा पनि स्पष्ट भइसकेको छैन।

Home

  • साझा परिवेश
  • बिहिबार, मंसिर २९, २०७९ 0८:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट