May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्चको आदेश

  • साझा परिवेश
  • बुधबार, पुस ६, २०७९ १९:४१
सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सिरियल किलरको रुपमा चार्चित अन्र्तराष्ट्रिय अपराधी चाल्र्स शोभरजलाई छाड्न आदेश दिएको छ । हत्यासहितका विभिन्न अपराधमा सजाय काटिरहेका शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको हो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले केन्द्रीय कारागार सुन्धारामा रहेका शोभराजलाई कैदमुक्त गरेर देश फिर्ता गर्न आदेश दिएको छ । ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा चाल्र्स शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो ।

इजलासले आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको छ । कुख्यात अपराधी शोभराजलाई रिहा गर्न भन्दै २०७७ पुसमै बन्दी प्रत्यक्षीकरण रिट परेको थियो । करिब एक वर्षपछि मात्रै उनी जेलबाट रिहा भएर देश फर्किने भएका हुन् । ७८ वर्षीय शोभराजले २०७७ पुस ७ गते कैद छुटको माग गर्दै रिट दायर गरेका थिए ।

जेष्ठ नागरिक ऐन अनुसार ७५ वर्ष पूरा भएकालाई ७५ प्रतिशत कैद छुट दिइने व्यवस्था छ । तर कारागार ऐन र नियमावलीसँग बाझिँदा सबै कैदीले यस्तो सुविधा पाएका छैनन् । नेपालमा अमेरिका र क्यानडाकी महिलाको हत्या गरेको अभियोगमा शोभराज २०६० सालदेखि केन्द्रीय कारागार सुन्धारामा छन । उनीविरुद्ध अदालतले जन्मकैदको फैसला गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस ६, २०७९ १९:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।