April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

झापामा मोटरसाइकल चोरीका घटना बढ्यो

  • साझा परिवेश
  • शुक्रबार, पुस ८, २०७९ 0८:५६
झापामा मोटरसाइकल चोरीका घटना बढ्यो

झापामा श्रृंखलाबद्ध रुपमा मोटरसाइकल चोरीका घटना बढेको छ । झापा गाउँपालिका वडा नम्बर ५ राधावस्तीका सूर्यनारायण गणेशको प्र-१-०१-०१२ प ८०५० नम्बरको पल्सर मोटरसाइकल गए राति चोरी भएको हो । घरको दलानमा दुई वटा मोटरसाइकल राखिएकोमा पल्सर मोटरसाइकल चोरी भएको र घरको अन्य सामान चोरी नभएको गणेशले बताए ।

मोटरसाइकल चोरी भएको घटनाबारे प्रहरी चौकी पंथापडामा निवेदन दिएको उनले बताए । पंथापडा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीले चोरी गर्ने व्यक्तिको खोजी तीव्र रुपमा गरिरहेको जानकारी दिएका छन् । त्यस्तै बाह्रदशी गाउँपालिकामा एउटा मोटरसाइकल चोरी भएको छ । पशु सेवा शाखाका प्रमुख देवकुमार यादवले प्रयोग गर्दै आएको प्र-१ ब-१०३२ नम्बरको पल्सर मोटरसाइकल मङ्गलवार राती चोरी भएको छ ।

राजगढ घर भएका यादव बाह्रदशी- ५ स्थित शोभा धमलाको घरमा गाईको उपचार गर्न गएका थिए । रात निकै परेकाले यादव सोही घरमै बसेका थिए । ‘रातको १ बजेसम्म रहेको बाइक बिहान ४ बजे हेर्दा राखेको ठाउँमा थिएन’ यादवले भने । धमला बाह्रदशी कृषि शाखामा कार्यरत कर्मचारी हुन् । उनले मोटरसाइकल चोरी भएको बारेमा प्रहरीमा उजुरी दिएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, पुस ८, २०७९ 0८:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट