May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, पुस १५, २०७९ १0:0७
कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु

कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी झापाका एकजना नेपालीको समेत मुत्यु भएको छ। थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको सो क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । सो घटनामा परी झापा बिर्तामोड १ का निराकर पाण्डेको पनि मुत्यु भएको हो । उनी बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्नी पाण्डेका माइला छोरा हुन् । निराकर पाण्डेको मृत्यु भएको कुरा पुष्टि भइसकेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले बताए ।
पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा बुधवार राति अबेर लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी लागेको थियो । थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए । सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिन्छन् । आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी थाइल्याण्डका ग्राहक परेका छन् । तेह्रौँ, चौधौँ र पन्ध्रौँ तलाबाट सहायताका निम्ति अनुरोध आएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले बताएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १५, २०७९ १0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।