May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला

काठमाडौंको प्रशासन कार्यालयले सुरु गर्‍यो ‘टाइम कार्ड’

  • साझा परिवेश
  • बिहिबार, पुस २१, २०७९ १९:५२
काठमाडौंको प्रशासन कार्यालयले सुरु गर्‍यो ‘टाइम कार्ड’

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंका भइरहेका सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बिहीबार काठमाडौं प्रशासन कार्यालय पुगेर लामिछानेले बिभिन्न सेवामा सुरु गरिएको ‘टाइम कार्ड’को कार्यान्वयनको अवस्था र अन्य सेवा प्रवाहका बारेमा जानकारी लिनुभएको हो । सो क्रममा उपप्रधान एवं गृहमन्त्री लामिछानेले सेवा प्रवाहरुलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

उनले प्रशासन कार्यालयले सहज रुपमा सेवा दिनका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने समेत गृहमन्त्रीबाट प्रतिवद्धता आएको बताए । प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रशासनबाट हुने सेवालाई समयवद्ध गर्दै नागरिकलाई सहज बनाउन १० वटा सेवामा ‘टाइम कार्ड’ लागू गरिएको जानकारी दिए ।

प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, संस्था नवीकरण ३० मिनेटभित्र, राहदानी वितरण १५ मिनेटभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेटभित्र , प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टाभित्र, मुद्दाको पेशी र तारेख ३० मिनेटभित्र उपलव्ध हुने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

  • साझा परिवेश
  • बिहिबार, पुस २१, २०७९ १९:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।