April 17, 2025 | बिहिबार, बैशाख ५, २०८२
सुचनाहरु
विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

महिलामाथि अशोभनीय हर्कत गरेको आरोप लागेपछि शिवाकोटीले मागे माफी

  • साझा परिवेश
  • बिहिबार, पुस २८, २०७९ १८:५९
महिलामाथि अशोभनीय हर्कत गरेको आरोप लागेपछि शिवाकोटीले मागे माफी

 

काठमाडौं । मादक पदार्थ सेवन गरेरमहिलामाथि दुव्र्यवहार गर्ने बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले माफी मागेका छन्

शिवाकोटीले गत मंगलवार साँझ प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जिनाजंग कार्कीमाथि दुव्र्यवहार गरेका थिए । दुव्यवहारको घटना लगत्तै कार्कीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी थिइन् । आफुमाथि दुव्र्यवहार भएको भन्दै उनले प्रहरीमा ठाडो उजुरी गरेकी थिइन् ।

कानुनी कारबाहीका लागि कार्की अघि बढिरहेको बेला शिवाकोटीले बिहीवार एक समूहसहित विराटनगर पुगेर माफी मागेका हुन । अब उप्रान्त यस प्रकारको गल्ती नगर्ने प्रतिवद्धता सहित शिवाकोटीले क्षमा मागेपछि एक पटकलाई क्षमा दिएको कार्कीले साझा परिवेश सँग बताइन् ।

शिवाकोटीले आफु मादक पदार्थ सेवन गरेको र त्यसैबेला गल्ती भएको स्वीकार गर्दै क्षमा मागेको कार्कीले जानकारी दिइन् । कार्कीले भनिन्, ‘मैले कसैको परिवार सिध्याउन खोजेको होइन, बद्मासीलाई सचेत गराएको हुँ । अब गल्ती नगर्ने भनेपछि एक पटकलाई माफी दिए ।’

उनले दवाव आएपनि फेसबुकमा लेखेको स्टाटस डिलिट नगर्ने अडान लिएकी थिइन् । शिवाकोटीले मादक पदार्थ सेवन गरेर अशोभनीय व्यवहार देखाएको भन्दै फेसबुक मार्फत स्टार्टस सार्वजनिक गर्दै
हामी सँगको कुराकानीमा उनले आफुमाथि जुन हर्कत गर्नुभयो त्यसको चिरफार गर्ने बताएकी थिइन् । उनले फेसबुकमा लेखेकी थिइन ,‘आज विराटनगरमा आयोजित एक कार्यक्रम सकेर फर्किने क्रममा भेट हुँदा मादक पदार्थ सेवन गरी बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकोटीले मलाई गरेको व्यवहारप्रति मेरो आपत्ति छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक ठाँउमा के कसरी बोल्ने र व्यवहार गर्ने भन्ने हेक्का राख्नुपर्छ। मर्यादामा बस्न र आफ्नो बानी व्यहोरा सुधार गर्न म शिवाकोटी महोदयलाई आग्रह गर्दछु। नत्र कानुनी र अन्य उपचारका धेरै विधिहरू रहेको स्मरण गराउन चाहन्छु।’ भनेर लेखेकि थिइन् ।

  • साझा परिवेश
  • बिहिबार, पुस २८, २०७९ १८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट