April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ जना घाइते

  • साझा परिवेश
  • शुक्रबार, माघ १३, २०७९ 0८:३९
महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ जना घाइते

महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थ गरेर फर्किएका एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

ट्याक्टरमा सवार सवै यात्रु धनुषास्थित औरही नगरपालिका वडा नम्बर ५ का हुनसक्ने प्रहरीको अनुमान छ । घाइते मध्ये गम्भीर घाइते दुई जनाको सनाखत हुन सकेको छैन । अन्य सवै औरही वडा नम्बर ५ का नै भएको प्रहरीले जनाएको छ ।

आज बिहान बर्दिबास-३ स्थित पाटु मोडमा २५ जना सवार प्रदेश २-०२-००१ त.२२६४ नम्बरको ट्याक्टर अनियंत्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार चालक भने फरार भएका छन । घाइते भएका मध्ये ४०/४५ वर्ष उमेरको जस्तो देखिने महिलालाई उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पताल ल्याउने क्रममा वाटो मै मृत्यु भएको नायव उपरिक्षक रावलले बताए ।

पहिचान खुल्न नसकेको दुई जना महिलाको बर्दिबासमा उपचार हुन नसकेपछि जनकपुस्थित चन्द्रकला अस्पताल पुर्‍याइएको छ । त्यसैगरी औरही नै बस्ने कुमारी मण्डल सामान्य उपचार पश्चात जनकपुर रामजानकी अस्पतालमा रिफर गरिएको छ । उनको पनि अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बताएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, माघ १३, २०७९ 0८:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट