May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

गृह मन्त्रालयका कारण सत्ता साझेदार दलमा ‘खटपट’

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0८:४६
गृह मन्त्रालयका कारण सत्ता साझेदार दलमा ‘खटपट’

काठमाडौं। गृहमन्त्रालयलाई लिएर सत्ता साझेदार दलबीच खटपट सुरु भएको छ। सर्वोच्च अदालतले नागरिकता खारेज गरेपछि गृहमन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः गृहमन्त्रालयमा दाबी गरेपछि सत्ता साझेदार दलहरुबीच खटपट सुरु भएको छ।

आफ्नो पार्टीलाई गृहमन्त्रालय नै चाहिने रास्वपाको दाबी र गृह मन्त्रालय आफैंसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडानमा प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहमति अनुसार गृहमन्त्रालय रास्वपाले पाउनु पर्ने बताएपछि साझेदार दलबीच अविश्वासको वातावरण सृजना भएको हो।

मंगलबार गृहमन्त्रालयका विषयमा छलफल गर्न बालुवाटार पुगेका रविलाई प्रधानमन्त्री प्रचण्डले तत्काल गृह मन्त्रालय दिन नसक्ने जवाफ दिएका थिए। मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा पनि प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय कसैलाई पनि नदिने बताएका थिए।
तर रास्वपाले भने पूर्व सहमति अनुसार गृहमन्त्रालय आफूले नै पाउनु पर्ने बताउँदै आएको छ।

रास्वपा संसदीय दलका नेता एवं श्रम मन्त्री डिपी अर्याल गृहमन्त्रालयमा आफूहरुको दाबी भन्दा पनि पूर्व सहमति अनुसार सो मन्त्रालय आफूहरुको नै भएको बताउँछन्। ‘यसमा दाबी गर्ने भन्ने नै होइन,’ अर्यालले डिसी नेपालसँग भने, ‘पुस १० गते भएको सहमति अनुसार नै गृहमन्त्रालय रास्वपाको भागमा परेको हो। प्राविधिक कारणले अहिले रिक्त रहेको मन्त्रालय स्वभाविक रुपमा रास्वपाले नै पाउँछ।’

रास्वपाले आफूले गृहमन्त्रालय पाउनु पर्ने दाबी गरिरहँदा सो मन्त्रालयमा फेरि रवि लामिछाने नै जाने दाउमा छन्। लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिइसकेका छन्।

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0८:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट