July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक विजयी

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १२:२१
रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी हुने निश्चित भएको छ । यसअघि मंसिर ४ को निर्वाचनमा  निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी हुने भएका हुन् ।

लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । मतगणना अन्तिमतिर पुग्दै गर्दा लामिछानेले ५० हजार २०५ मत पाइसकेका छन् । हालसम्म ७१ हजार ७०६ मत गणना हुँदा लामिछानेले निकटतम प्रतिद्वन्द्वीले भन्दा पाँच गुणा भन्दा बढी मत पाएका हुन् ।

चितवन २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतदानमा ७८ हजार २७७ मत खसेकामा अब ६ हजार ५७१ मतमात्रै गन्न बाँकी रहेको छ । अब बाँकी मत गणना गरेर निर्वाचन अधिकृतको कार्यालयले लामिछानेलाई विजयी घोषणा गर्नेछ । उद्योग वाणिज्य संघको हलमा जारी मतगणना अन्तिमतिर पुगेसँगै रास्वपाका नेता कार्यकर्ता भेला हुन थालेका छन् ।
मतगणनामा लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरिसकेका  छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए ।

नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गएपनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो । उपनिर्वाचनबाट रास्वपाले तनहुँ १ मा समेत विजय हासिल गरेसँगै संसदमा उसको एक सिट थपिने भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्