May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ

काँकरभिट्टा भेट्रान फुटबल क्लबको अध्यक्षमा पुनः गंगालाल गुरुङ

  • साझा परिवेश
  • शनिबार, माघ २८, २०७९ १५:३९
काँकरभिट्टा भेट्रान फुटबल क्लबको अध्यक्षमा पुनः गंगालाल गुरुङ

२८ माघ,मेचीनगर । काँकरभिट्टा भेट्रान फुटबल क्लबको अध्यक्षमा पुनः गंगालाल गुरुङ चयन भएका छन् । शुक्रबार क्लबको सम्पन्न अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि अध्यक्ष गुरुङको नेतृत्वमा १९ सदस्य कार्यसमिति चयन भएको हो ।

मेचीनगर-६ स्थित तुर्केनी खेल मैदानमा आयोजित कार्यक्रमको झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले (मामा) को प्रमुख अतिथ्यता रहेको थियो । अधिवेशनबाट क्लबको प्रथम उपाध्यक्ष राजु पौडेल, दोसो उपाध्यक्ष बिक्रम राई, महासचिव शेरबहादुर बस्नेत, सचिव कणर् थापा मगर (राजा) कोषाध्यक्षमा बालकृष्ण थापा चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा तेजप्रसाद खनाल, रमेश बस्नेत, नारायण प्रसाद बुढाथोकी (गोपाल), सजिल तामाङ्ग, डम्बर खवास, मिनबहादुर बस्नेत, लाक्पा लामा र राजु गुरुङ्ग चयन भएका छन । त्यसैगरि अन्य सदस्यहरुमा मानबहादुर कार्की, युवराज मुखिया, उत्तरबहादुर तामाङ्ग, रामकुमार लिम्बु र पदेन सदस्यमा संस्थापक अध्यक्ष अर्जुन सुब्बा चयन भएका छन् । २०७१ सालमा स्थापना भएको क्लबले खेलसँगै अन्य सामाजिक तथा मानवीय सेवामा निरन्तर काम गर्दै आएको क्लबका महासचिव शेरबहादुर बस्नेतले बताए ।कार्यक्रममा अध्यक्ष गुरुङ्गको सभापतित्व कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पौडेले गरेका थिए ।

  • साझा परिवेश
  • शनिबार, माघ २८, २०७९ १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट